Thursday, August 27, 2009

see madesh

महासंघ अध्यक्ष झा नै सर्वोच्चको फैसलाविरुद्ध

नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले सर्वोच्च अदालतद्वारा उपराष्ट्रपति परमानन्द झालाई नेपाली भाषामा सपथ खानैपर्ने बाध्यात्मक फैसलाले देश पुरानै दिशामा फर्केको आरोप लगाउनुभएको छ ।
सबैको भाषा, संस्कृति र परम्परालाई आत्मसात् गर्न देश संघीय गणतन्त्र तर्फउन्मुख भएको बेला अदालतले एउटै भाषाको वकालत गर्नु उचित नरहेको जिकिर समेत उहाँले गर्नुभयो । राजनीतिक दलहरुकै रवैयाले समयमा संविधान बन्न नसक्ने ठोकुवा गर्दै अध्यक्ष झाले नेपालको संविधान पत्रकारहरुको कलमबाट लेखिनेमा विश्वास व्यक्त गर्नुभयो ।
जलेश्वरमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको आठौ सधारण सभामा आउनुभएका अध्यक्ष झाले श्रमजीवि पत्रकार ऐन जसरी भएपनि लागू गराउने दावी गर्नुभयो ।

आचारसंहिताको प्रश्न

भउचप्रसाद यादव
अरुको दुःख पीडा, अन्याय अत्याचारको बारेमा खबर बटुल्न आगोसँग खेल्ने पत्रकारमाथि हुने अन्याय अत्याचारको बारेमा कसले लेखिदिने, कसले रिपोर्टिड्ढ, गरिदिने, कसले छापिदिने ? उत्तर हामी हतपति पाउँदैनौँ । मैलबत्तीको हालत जस्तै हालत भएको छ एउटा पत्रकारको जसले आफूलाई पगालेर अरुलाई उज्यालो दिन्छ र आफू अँध्यारोमा बस्छ ।

वास्तवमा हरेक पेसाको आ-आˆनो आचरण हुन्छ, सीमा हुन्छ, नैतिक बन्धन हुन्छ, जसलाई सम्बन्धित पेसाको आचारसंहिता भनिन्छ । यस किसिमको आचारसंहिताको सम्बन्ध राज्यको कानुनभन्दा पनि सम्बन्धित पेसामा संलग्न पेसाकर्मीको नैतिकतासँगै रहेको हुन्छ । अरु पेसाजस्तै पत्रकारिताको पनि राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा आचारसंहिता छन् । राज्यको चौथोसँग अड्ढ मानिने यो पेसा आˆनो आचारसंहिताभित्र बसेर काम गर्‍यो भने आमनागरिक सु-सूचित हुनुको साथै जनमानसमा यो पेसाप्रतिको सम्मान पनि बढ्छ । पत्रकारिता पेसा स्वतन्त्र हुनुपर्दछ तर स्वतन्त्रताको अर्थ अनियन्त्रित र अराजक पक्कै होइन । स्वतन्त्रताको नाममा कसैको चरित्र हत्या, अमर्यादित भाषाको प्रयोग, आधारहीन समाचारको सम्प्रेषणले सिङ्गै पेसाको साख घटाउँछ ।

विश्व परिप्रेक्ष्यमा पत्रकार आचारसंहिताको इतिहासलाई हेर्ने हो भने एक शताब्दी पनि भएको छैन । अमेरिकन न्युजपेपर एडिटर सोसाइटीद्वारा सन् १९२२ मा पत्रकार आचारसंहिताको घोषणा गरिएको थियो । यो आचारसंहिता संसारकै पहिलो आचारसंहिता थियो । त्यसपछि संसारमा नै पहिलो चोटी स्वीडेनबाट सन् १९२३ मा प्रेस काउन्सिलको अवधारणाको विकास भयो । त्यसपछि अन्य अमेरिकी र युरोपियन मुलुक क्रमशः जर्मनी, अमेरिका र बेलायतमा समेत पत्रकार आचारसंहिताको विकास भयो । त्यस्तै, दक्षिण एसियाली मुलुक भारतमा सन् १९४४ मा, पाकिस्तानमा सन् १९६५ मा, बङ्गलादेशमा सन् १९७० मा र श्रीलङ्कामा सन् १९८१ मा पत्रकार आचारसंहिता लागू भयो ।

नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने आचारसंहिताको दृष्टिकोणले गोरखापत्र पहिलो नेपाली पत्रिका हो । जसमा १९५८ साल वैशाख २४ गते प्रकाशित पहिलो अङ्कमा नै तत्कालीन प्रधानमन्त्री देवशमशेरले के छाप्ने र के नछाप्ने भनेर आचारसंहिताको रूपमा सनद जारी गरेका थिए ।

यसप्रकार देवशमशेरद्वारा जारी गरिएको सनद नेपाली पत्रकारिता इतिहासकै पहिलो आचारसंहिता हो । नेपाली पत्रकारिताको अर्को आचारसंहिताको रूपमा २०१४ सालमा गठित प्रेस कमिसनले नेपाली पत्रकारितालाई सुधार गर्नका लागि तयार पारेको प्रतिवेदनको परिच्छेद १२ मा पत्रकारको आचारसंहिताको रूपमा १८ बुँदा प्रस्तुत गरिएको थियो । त्यसपछि वि.सं. २०२३ मा बनेको पत्रकारको सङ्गठनले २२ बुँदाको आचारसंहिताको घोषणा गरे । जुन पत्रकारको पेसागत सङ्गठनले तयार पारेको पहिलो आचारसंहिता थियो । त्यस्तै २०२४ सालमा २१ बुँदे, २०३३ सालमा प्रेस काउन्सिलले जारी गरेको २२ बुँदे आचारसंहिता, २०४१ सालमा ११ बुँदे आचारसंहिता र २०४२ सालमा १४ वटा पत्रिकाको सम्पादक मिली १० बुँदे आचारसंहिताको निर्माण गरे ।

वि.सं. २०४६ सालमा बहुदलको आगमनसँगै पत्रकारिता क्षेत्रले पनि काँचुली फेर्ने अवसर पायो । फलस्वरूप नेपालको प्रेस काउन्सिलले २०४७ सालमा नयाँ आचारसंहिता ल्यायो । त्यसपछि प्रेस काउन्सिल ऐन, २०४८ को आगमनसँगै पत्रकार आचारसंहिता २०४९ लागू भयो । यसको लगत्तै २०५० सालमा वीरगञ्जमा भएको पत्रकारको भेलाले १४ बुँदे आचारसंहिताको घोषणा गर्‍यो । त्यसपछि नेपाल पत्रकार महासङ्घ र नेपाल प्रेस काउन्सिलले छुट्टाछुट्टै आचारसंहिता लागू गर्ने परम्परालाई तोड्दै इतिहासमा नै पहिलो पटक संयुक्त रूपमा पत्रकार आचारसंहिता २०५५ लागू भयो । यो पुरानो आचारसंहिता भन्दा अति विशिष्ट किसिमको थियो पछि छापा माध्यमका साथै रेडियो, टेलिभिजनमा समेत लागू हुने गरी २०६० वैशाख २० गते नेपाल पत्रकार महासङ्घ र नेपाल प्रेस काउन्सिलले संयुक्त रूपमा एउटा पत्रकारले के गर्नु मिल्ने र के गर्न नमिल्ने भनी प्रष्ट रूपले छुट्याएर नयाँ किसिमको परिष्कृष्ट आचारसंहिताको घोषणा भयो । यसमा एउटा पत्रकारले गर्न हुने र गर्न नहुने निम्नालिखित प्रावधान बुँदागत रूपमा प्रस्तुत गरिएको थियो ः-

पत्रकारले गर्नुहुने कामहरू ः गोपनियताको हकको सम्मान, मानव अधिकार तथा अन्तर्राष्ट्रिय सम्बन्धको सम्मान आपसीसम्बन्ध व्यावसायिक हुनुपर्नेमा जोड, प्रेस स्वतन्त्रताको सम्मान तथा संरक्षण र प्रवर्द्धनमा जोड, सूचनाको हकको रक्षा, स्वतन्त्र सम्पादकीय, शिष्ट व्यहारा, उच्च किसिमको व्यावसायिक अभ्यास, गल्ती सच्याउनमा तत्परता देखाउने, सामाजिक उत्तरदायित्वको बोध र सत्यतथ्य सूचना सम्प्रेषण ।

पत्रकारले गर्न नहुने कामहरू ः हत्या, हिंसा आतङ्क र अपराधलाई प्रोत्साहन हुने खालको समाचार सम्प्रेषण गर्न नहुने, राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा खलल पार्न नहुने, विज्ञापनलाई समाचार बनाएर छाप्न नहुने, कुनै पनि घटनालाई समाचार बनाउँदा घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख नगर्ने, आधारहीन र तथ्यहीन समाचार प्रकाशन गर्न नहुने, घृणा र उत्तेजना फैलाउने तथा विभत्स तस्बिर छाप्न नहुने, कुनै पीडितलाई अरू पीडा नहुने गरी कुनै पनि समाचार सम्प्रेषण गर्न नहुने, समाचारको स्रोत नखोल्ने, समाजमा प्रतिकूल असर पर्ने गरी समाचार छाप्नु हुँदैन, व्यक्तिगत स्वार्थका लागि समाचार छाप्नु हुँदैन ।

यस प्रकार आजसम्मका सबैभन्दा स्पष्ट आचारसंहिताको रूपमा रहेको यो आचारसंहिता तत्कालीन राजनीतिक परिस्थितिको कारणले त्यति प्रभावकारी रूपमा लागू हुन नसके पनि यस क्षेत्रमा यसको आˆनै महìव र विशेषता सावित भइसकेका छन् ।

यस प्रकार नेपालको पत्रकारिता क्षेत्रमा कैयौं आचारसंहिता बने, लागू पनि भयो तर आचारसंहिताको ‘अ’ पनि लागू भएन । एउटा सञ्चारमाध्यमका लागि विज्ञापन आम्दानीको प्रमुख स्रोत पक्कै हो तर हिजोआज विज्ञापनलाई विज्ञापनको रूपमा नराखी त्यसलाई समाचार बनाइन्छ । यहाँसम्म कि विज्ञापनदाताको, व्यापारीहरूको, उत्पादकहरूको जीवनी छापिन्छ, अन्तर्वार्ता छापिन्छ । हाम्रो पत्रपत्रिकाले अरूको नाङ्गो फोटोसमेत छाप्न पछि परेन । त्यस्तै स्वास्थ्यका लागि हानिकार, उपभोग्य मिति समाप्त भइसकेको मालसामान बजारमा बिक्री वितरण हुँदा समेत हाम्रो कलम र क्यामेरा त्यहाँसम्म पुग्न सक्दैन । आफूलाई ठूलो मिडिया हाउसको ध्वाँस दिनेहरूले समेत मन्त्री र सचिवद्वारा आˆनै घरमा दास बनाएर राखिएका बालबालिकामाथि निर्घात कुटपिट हुँदाको घटनालाई पुछारको समाचारसमेत बनाउन सकेन । यति हुँदा पनि आचारसंहिताको अनुगमन गर्ने जिम्मेवारी पाएको नेपाल पत्रकार महासङ्घ र नेपाल प्रेस काउन्सिलले सिन्कोसमेत भाँच्न सकेको छैन ।

आखिर यस्तो किन हुन्छ नि ? कारण घाम जस्तै छर्लङ्ग छ । राणाकालीन सनद सवाल होस् चाहे पञ्चायती शाही कमिसन, चाहे प्रजातान्त्रिक/लोकतान्त्रिक/गणतान्त्रिक अहिलेको प्रेस काउन्सिल र पत्रकार महासङ्घ सबैले पत्रकारको कलमलाई सत्ता र सिद्धान्तको दास बनाउनमा कम्मर कसेर लागे । जसको कारणले आज प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घ औचित्यमाथि नै प्रश्न चिन्ह उठ्न थालेको छ । प्रेस काउन्सिलमा उजुरी गर्नेको सङ्ख्या पनि हृवातै घटेको छ । पीडितपक्ष काउन्सिलभन्दा अदालतको दैलोमा न्याय पाउन विश्वस्त देखिन्छन् । काउन्सिल र महासङ्घको अनुगमन शाखा रोगी हात्तीको जस्तै थला परेको भान हुन्छ । प्रेस काउन्सिल यति कमजोर हुनुमा नेपालमा सूचनासम्बन्धी कानुन नहुनु, सरकारी सूचना लुकाउने प्रवृत्तिको विकास हुनु, अनुमानको आधारमा तथा कानुनविहीन अवस्थामा अनुगमन गर्नुले आज प्रेस काउन्सिल यति कमजोर हुँदै गएको देखिन्छ । यति मात्र नभई दल र नेताहरूको छत्रछायामा हुर्केका अधिकांश पत्रकारको कारणले र आचारसंहिताको चर्को नारा लगाउने तर व्यवहारमा लागू नगर्ने जस्ता प्रवृत्ति प्रेस काउन्सिलको खुट्टामा जाँतो बनी अल्भिmसकेका छन् ।

तर जे होस् नेपाली पत्रकारिताको आˆनो यात्राको सय वर्ष पूरा गरिसकेको र दर्जनांै आचारसंहिता बनिसकेको अवस्थामा पनि नेपालमा पत्रकारिता एउटा मर्यादित पेसाको रूपमा स्थापित हुन नसक्नु वास्तवमा एउटा दुखद पक्ष हो र यस पेसासँग सम्बन्धित हामी सबैको ठूलो कमजोरी हो ।

No comments:

Post a Comment