Monday, August 24, 2009

mahotari media

कमिशन नदिंदा महासंघलाई दिने रकम रोकियो
संचारकर्मीले महोत्तरी जिल्लामा हुने गरेको विकास निर्माण कार्यमा भएको अनियमितताबारे समाचार सम्प्रेशन गर्न थाल्दा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको भवन निर्माण कार्यलाई निरन्तरता दिन सहयोग गर्न छुट्टाइएको रकम जिल्ला विकास समिति कार्यालय दिन अस्विकार गरेको छ ।संघसंस्थालाई सहयोग गर्न छुट्टाइएको दश लाख रुपैया नेपाली काँग्रेस,नेकपा एमाले, एकिकृत नेकपा माओवादी, मधेशी जनअधिकार फोरमसहितको सातदलले त्यो पैसा बाँडिसकेका छन । महासंघको भवन निर्माण कार्यलाई निरन्तरता दिन चाहिने १२ लाख रुपैया जिविसले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर महासंघले स्थानीय विकास अधिकारी,जिविसको कर्मचारी र राजनीतिक दलका प्रतिनिधिलाई चाहिने कमिशन दिन नचाहेको कारण महासंघलाई दिने भनिइएको सहयोग रोकिएको स्रोतले जनाएको छ ।जनआन्दोलन दुईमा संचारकर्मीले खेलेको भूमिकाको कदर तत्कालिन सातदलिय संयन्त्रले सार्वजनिक जग्गा उपलब्ध गर्राई महासंघको भवन निर्माण गर्न लाग्ने २० लाख रुपैया जिविसबाट दिलाउने प्रतिबद्धता ब्यक्त गरेको थियो । जिविसले हालसम्म दिएको सात लाख पचास हजार रुपैयाँले भवन निर्माण कार्य सुरु गरिसकिएको छ ।

No comments:

Post a Comment