Saturday, August 29, 2009

our burning madesh

विजेता सिंह/ जनकपुर, १३ भदौ

उपराष्ट्रपति परमानन्द झालाई नेपाली भाषामा सपथ लिनको लागि सर्वोच्च अदालतले दिएको निर्देशनको विरोध मधेशी युवा फोरमको आव्हानमा गराइएको बन्दका कारण तराइका धनुषा,सिराहा, महोत्तरी, रौतहट, नवलपरासी लगायतका जिल्लाहरु प्रभावित बनेका छन्।
बन्दका कारण धनुषासहितका जिल्लामा यातायातका साधनहरु ठप्प भएको छ भने औषधि पसलबाहेक बजार पनि बन्द गराइएको छ।
नेपालका एक मात्र रेल्वे सेवा अवरुद्ध छ। बजारमा साइकल र रिक्सा बाहेक केही चलेका छैनन्।
सर्वोच्चको फैसलाको विरोधमा जनकपुरमा बिहानैदेखि मधेशी युवा फोरमका कार्यकर्ताहरु प्रदर्शन गरिरहेका छन्। बन्दको क्रममा जनकपुरको रामानन्द चोकमा प्रदर्शनकारीमाथि प्रहरीले लाठी प्रहार गर्दा फोरमका दर्जनौ कार्यकर्ता घाइते भएका छन्।
प्रहरीको लाठीचार्जबाट युवा फोरमका केन्द्रीय सदस्य ललित मण्डल, रा.रा.व. क्याम्पसका स्ववियु सह–सचिव संजय यादव घाइते भएका छन। उनीहरु दुबैलाई प्रहरीले पक्राउ गरेको छ। त्यसैगरी जनकपुर अञ्चल अस्पतालमा उपचार गराउन पुगेका फोरमका कार्यकर्ता सुनिल यादव र सन्तोष साहलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको लाठीचार्जबाट फोरम धनुषाका इन्चार्ज मुकेश यादव,धनुषा सदस्य श्याम मण्डल, रामदयाल मण्डलसहित दर्जनौ कार्यकर्ताहरु घाइते भएका फोरमले जनाएको छ।
फोरमका कार्यकर्ताहरुले जनकचौकमा उपराष्ट्रपति झाको प्रकरणमा नेपाली भाषामा सपथ लिने भनी भ्रामक समाचार प्रकाशन गरेको भन्दै नागरिक र रिपब्लीकाका दर्जनौ प्रति जलाएका छन।
जनक चोकमा आयोजित कोण सभामा युवा फोरमका केन्द्रिय सचिव अशोक मण्डलले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरी हस्तक्षेप गरेको प्रति भत्सर्ना गरे।
त्यसैगरी फोरमका धनुषा संयोजक मुकेश यादवले उपराष्ट्रपति झाले कुनै पनि हालतमा नेपाली भाषामा सपथ नलिने भन्दै भ्रममा नपर्न आग्रह गरे।
यसरीनै मधेसी जनअधिकार फोरम मधेसले जनकपुरको जनकचोकमा शनिबार मधेशको कालो दिन भएको भनी धर्नामा बसेका छन्।
गत २०६४ भदौ १३ गते सरकार तर्फबाट रामचन्द्र पौडेल र फोरमका अध्यक्ष उपेन्द्र यादव बीच भएको सम्झौता मधेस आन्दोलनसँग धोका गरेको भन्दै फोरम मधेशका नेताहरु धर्नामा बसेका छन्। फोरम मधेशका केन्द्रिय उपाध्यक्ष रामप्रकाश साह,केन्द्रिय सचिव दिपक कुमार झा,धनुषा इन्चार्ज इन्द्र कुमार मधेशानन्दसहितका नेता तथा कार्यकर्ताहरु धर्नामा बसेका छन्।
प्रर्दशनकारीहरुले स्थानीय पिराडी चौकमा ज १ ख २९२ नम्बरको बसलाई तोडफोड गरी क्षतिग्रस्त बनाएका छन्।

यसैगरी मधेशी विद्यार्थी मञ्चले सुनसरीको लौकहीमा प्रहरीले लाठी चार्ज गर्दा छ जना घाइते भएको जनाएको छ।
प्रहरीले सुनसरीको इनरुवामा राजमार्ग अवरुद्ध गर्न खोज्ने एक दर्जनलाई पक्राउ गरेको छ। त्यहाँ भने यातायात सुचारु भएको छ।

1 comment: