Sunday, August 23, 2009

jadap in mahottari

७ भदौ महोत्तरीको औरहीमा स्थानीयबासी र सशस्त्र प्रहरीबीच झडप हुँदा ४ प्रहरीसहित १२ जना घाइते भएका छन।घाइते हुनेहरुमा सशस्त्र प्रहरी हवल्दार रामलखन राय यादवसहित ४ जना प्रहरी छन भने औरही–३ बस्ने उपेन्द्र चौधरी, महेश्वर चौधरी,तेजी सदासहित ८ जना स्थानीयवासी रहेका छन।शनिवार बेलुका उपेन्द्र चौधरीले आफ्नी श्रीमतीलाई कुटेको भन्दै अनुसन्धानको लागि प्रहरी औरही पुगेका थिए। त्यहाँ प्रहरी पुगेपछि चौधरीको समर्थकहरुद्वारा प्रतिकार गरेपछि प्रहरी र स्थानीयबासीबीच झडप भएको हो। उपेन्द्रकी श्रीमतीलेर् आफ्नो श्रीमान चौधरीले रक्सी खाइ कुटेको भन्दै सशस्त्र प्रहरी बेस क्याम्प औरहीमा मौखिक उजुरी दिएकी थिइन।घाइते मध्ये ५ जनाको जनकपुर अञ्चल अस्पतालमा र ७ जनाको बर्दिबासमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

No comments:

Post a Comment