Wednesday, September 23, 2009

BHOOT MELA

बोक्सी, भूतप्रेत भगाउने भेला !
Nagendra kumar karna
महोत्तरीको सदरमुकाम जलेश्वरदेखि ३२ कि.मि.उत्तर पश्चिममा पर्ने जलेश्वर-बर्दिबास सडक खण्डको सोनामाई गा.वि.स.- २ भोईलस्थित सोनामाई मन्दिरमा दसैंको सुरुआतसँगै बोक्सी, भूतप्रेत नियन्त्रण गर्ने मेला प्रारम्भ भएको छ ।घटस्थापनाको दिनदेखिनै काम्दै, खुट्टा बजार्दै र बर्बराउँदै बोक्सी, भूतप्रेत लागेकाको सो मन्दिरमा घुइँचो देखिने गरिन्छ । भूतप्रेत, बोक्सी र तन्त्रमन्त्रले रोगी भएका सोनामाईको दर्शन गरे निको हुने जन विश्वासको कारण घटस्थापनादेखि महानवमीसम्म रोगीको भीड हुने गर्दछ ।भूतप्रेत, बोक्सी लागेकाको धामी झाँक्रीबाट उपचार गराई निको गरिने गरिएको भए पनि तिनीहरूबाट समेत निको नभएका सो मन्दिरमा जाँदा आफैं ठीक हुने विश्वासको कारण बर्सेनि हजारौं रोगी र दर्शनार्थी आउने गरेको स्थानीय वासी बताउँछन् । मन्दिरका पुजारी भूतप्रेत, बोक्सी लागेपछि बहुलाउने, बरबराउने, काम्ने जस्ता कार्य गर्दै आएको बताउँछन् । पुजारीले प्रतिशोधको भावना र शारीरिक रुपले कमजोर व्यक्तिमा भूतप्रेत र बोक्सी समाउने गरेको बताउँदै रोग निवारणका लागि भक्तजन मन्दिरमा आउने बताउँछन् । भूत लाग्नेले सोनामाई क्षेत्रमा पुग्ने बित्तिकै भूत खेलाउन थाल्छन् र मन्दिर प्राङ्गणमा मानव आकृति रुपी काठको खम्भा छुने बित्तिकै भूतप्रेत, बोक्सी आदिद्वारा लगाइएको जादु टोना निको हुन जाने विश्वास छ । दसैंको घटस्थापनादेखि सोनामाई देवीको अगाडि दुष्टात्मा नटिक्ने भएका कारणले सो अवधिमा मन्दिरको एक कि.मि. गोल वरिपरि भूतप्रेत, बोक्सी, जादु टोनालागेको व्यक्ति प्रवेश गर्ना साथ दुष्टात्मालाई कष्ट हुन थाल्छ र त्यस्तो व्यक्ति बरबराउने, काम्ने जस्ता क्रियाकलाप गर्ने गर्दछ । सो अवधिमा भूतपे्रत, बोक्सी र जादुटोना लागेकी महिला नै अधिकांश रूपमा पुग्ने गरेकी छिन् जसलाई स्थानीय भाषामा 'करनी' भनेर चिनिन्छ ।महानवमीका दिन राँगाको बलिसागै सकिने सोनामाईको पूजा मन्दिरमा पुग्ने बित्तिकै करनी महिलाद्वारा देखाइने अनपेक्षित व्यवहार आफै ठीक हुने कार्य आश्चर्यचकित गराउने हुने हुँदा सोको अनुसन्धान वैज्ञानिक ढङ्गबाट भए अहिलेको समयमा यसको महत्त्व झन बढ्ने छ ।

No comments:

Post a Comment